नभेटिने त्यो जुन झार भन्दिन म ढुक्क हुनु
नत्र मेरो माया मार भन्दिन म ढुक्क हुनु
दुई शरीर एउटा मुटु भइसके छ तिम्रो मेरो
तेहि मुटु अन्तै सार भन्दिन म ढुक्क हुनु
समाजको तिरस्कृत बाढी संगै बग्यौ भने हामी
मलाई मात्रै पारि तार भन्दिन म ढुक्क हुनु
कुनै खेलमा संगै सामेल भयौ भने तिमी र म
मलाई जिताउ तिमी हार भन्दिन म ढुक्क हुनु
चोखो माया गर्छौ मलाई शंका छैन कत्ति पनि
सबै संग बोली बार भन्दिन म ढुक्क हुनु