अनेरास्ववियु काे केन्द्रीय रचनात्मक तथा सामाजिक सरोकार विभागले पुर्णता पाएकाे छ । विभाग पुर्णताको लागि खुला आवेदन मार्फत आह्वान गरेको थियो। आह्वान पस्चात १०० जना भन्दा बढि बिद्यार्थीहरूले अनलाइन आवेदन दिनु भएको थियो जसबाट उनिहरुको रुचि, क्षमता र विभागको कामको योजना अनुसार ८ जना छनोट गरिएका छन।
उनिहरुले आफ्नो अध्यनलाई केन्द्रमा राखेर मार्क्सवादी ढृष्टृकोणलाई अझ फराकिलो बनाउदै बर्गिय पक्षधरता र सामाजिक न्यायको पक्षमा अझ खरो रुपमा प्रस्तुत हुदै नेपाली बिद्यार्थी आन्दोलनलाई अझ उचाईमा पुर्याउन महत्वपूर्ण योगदान गर्ने छ, विभाग का सचिव विष्णु पाण्डेले बताउनु भयो ।