अमेरिका पठाइदिने भन्दै चार करोड ठगी गरेकाे आराेपमा एक जना पक्राउ

ट्रूखबर संवाददाता
६ महिना अगाडि

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै चार करोड ३३ लाखभन्दा धेरै रकम  ठगी गरेको अभियोगमा एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका-११ घर भई हाल काठमाडाैं महानगरपालिका-३२ पुरानो सिनामङ्गल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ४६ वर्षीय नारायणकुमार खड्का रहेका छन् ।