राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरू, सभामुख, उच्च पदस्थ व्यक्तिहरूले बिदाइ गरेका थिए।